इबोलाग्रस्त लाइबेरियाबाट फर्केका १ सय ३१ प्रहरीलाई ककनी लगेर निगरानी

काठमाण्डु टुडे २०७१ असोज ३१ गते २:३९ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– सशस्त्र प्रहरीले इबोलाग्रस्त मुलुक लाइबेरियाबाट फर्केका एक सय ३१ जना सशस्त्रको टोलीलाई ककनीस्थित तालिम केन्द्रमा लगी विशेष निगरानीमा ebolaराखेको छ ।
त्यहाँ उनीहरुले २१ दिन विताउनेछन् । सो टोली संयुक्त राष्ट्रसंघको आह्वानमा ६ महिनादेखि शान्तिस्थापनार्थ लाइबेरिया खटिएको थियो । टोली बुधबार राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।
विमान उत्रिनासाथ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टले सुरक्षित विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मी विमानभित्र छिरी स्वचालित स्क्यानरबाट प्रारम्भिक परीक्षण गरेका थिए ।
त्यसैगरी सशस्त्र प्रहरीको प्राविधिक तथा चिकित्सक टोलीले ककनीमा २१ दिनको इन्कुभेसन पिरियडमा रहँदा के–के गर्ने तथा के–के नगर्ने जानकारी विमानभित्रै गराएका थिए । आवश्यक परामर्शपछि लाइबेरियाबाट आएको सो डफ्फालाई विशेष गाडीमा राखी सशस्त्रकै स्कटिङमा राति नै ककनी पुर्‍याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us