७४ वर्षीय तुलाधर आदिवासी जनजाति आन्दोलनका नेता

काठमाण्डु टुडे २०७१ असोज ३० गते ११:४९ मा प्रकाशित

काठमाण्डु, ३० असोज – आदिवासी जनजाति मोर्चाले पद्मरत्न तुलाधर आन्दोलनको सर्वसम्मत नेता चुनेको छ ।

padmaratnaकाठमाण्डुको गोंगबुमा बिहीबार भएको जनजातिहरुको भेलाले ७४ वर्षीय तुलाधरलाई संस्कृतिविद् सत्यमोहन जोशीले खादा लगाएर आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको सर्वसम्मत नेता घोषणा गरेका हुन् ।

आन्दोलन सम्झौताविहिन रहने भन्दै तुलाधरले गाउँ गाउँसम्म गएर गएर आन्दोलन उठाउने बताएका छन् ।

पहिचान स्थापित गर्न यो अन्तिम मौका भएको भन्दै उनले केहीदिनमा नै आन्दोलनको घोषणा गर्ने बताए । ‘समानताको कुरा उठाउँदा हामीलाई जातिवादी समेत भनियो’ उनले भने – ‘अब बन्ने संविधानमा पहिचान भएन भने जातीय अस्तित्व नै मेटिने अवस्था आउँछ ।’

तुलाधरले मधेसी, दलितसहितका सबै समुदायसँग सहकार्य गरेर यसलाई जनआन्दोलनको रुप दिने बताए ।
भेलामा केन्द्रको अवधारणा प्रस्तुत गरिएको थियो । जसमा केन्द्रदेखि जिल्लासम्म संरचना बनाउनेदेखि आचार संहिता समेत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us