दसैंका बेला बैंकमै पैसा सकिएपछि……….

काठमाण्डु टुडे २०७१ असोज १४ गते ३:२६ मा प्रकाशित

रुकुम, १४ असोज– रुकुमका २० प्रतिशत कर्मचारीले दसैंमा तलब नपाउने भएका छन् । नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसा सकिएपछि उनीहरुले तलब नपाउने भएका हुन् ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय रुकुमका अनुसार ८० प्रतिशत कर्मचारीले तलब पाइसकेका छन् र बाँकीलाई दिन गाह्रो भएको छ । सामान्यतया बैंकमा पैसा सकिनु पाँच दिनअगावै नेपाल राष्ट्र बैंक नेपालगन्जलाई जानकारी दिनुपर्छ तर, बैंकले सोमबार मात्रै नेपालगञ्जलाई जानकारी गराएको छ ।

जिल्लामा भएको नेटवर्क र इन्टरनेटको समस्याका कारण जानकारी दिन नसकिएको बताइएको छ । सोमबार मात्र ग्लोबल बैंकको रुकुम शाखाबाट ९० लाख रुपैयाँ नेपाल बैंकले ल्याएको छ । उक्त रकम सामान्य कारोबारवालालाई मात्र वितरण गरिएको छ ।

मंगलबारदेखि सामान्य कारोबारबाहेक ठूला कारोबार नहुने बैंकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us