बजार मूल्य नियन्त्रणबाहिर, सरकार रमिते

काठमाण्डु टुडे २०७१ असोज १३ गते १:५२ मा प्रकाशित

काठमाण्डु, १३ असोज– पछिल्लो समय बजार मूल्य अनियन्त्रित भएको छ ।
khadhyannaसरकारी निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गर्ने गरेकाले यस्तो अवस्था सिर्जना भएको हो ।

चाडपर्व नजिकिएसँगै उपभोग्य बस्तु, लत्ताकपडा, औषधि एवम् अन्य सबै खाले वस्तुको मूल्य एकाएक आकासिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलगायतका अनुगमनकारी निकायले औपचारिकतामा मात्रै निर्वाह गरेका छन् । १ सय पर्ने सामान सर्वसाधारणले ३ हजार रुपैयाँसम्म हालेर किन्नुपर्ने बाध्यता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us