पतिको मृत्युपछि गंगामायाको अवस्था थप नाजुक

काठमाण्डु टुडे २०७१ असोज ८ गते ५:०१ मा प्रकाशित

ganga mayaकाठमाण्डु, ८ असोज– छोराका हत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पलातमा अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था थप नाजुक बन्दै गएको छ ।

अस्पतालले उनको अवस्था गम्भीर, तर स्थीर भनेको छ । गंगामायाका पति नन्दप्रसादको अनसन बसेकै बेला सोमबार निधन भएको थियो । पतिको मृत्युपछि उनको अवस्था थप कमजोर बनेको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले काठमाण्डु टुडेलाई बताए ।

स्वास्थ्य थप कमजोर भएपछि गंगामायालाई एन्टिबायोटिक औषधि चलाइएको पण्डितले बताए । यसैबीच नन्दप्रसादको शव परिवारले अझै बुझेका छैनन् । उनका छोरा नुरप्रसादले बाबुको सरकारले हत्या गरेको भन्दै शव नबुझ्ने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us