अफगानिस्तानको राष्ट्रपतिमा घानी

काठमाण्डु टुडे २०७१ असोज ६ गते ३:३८ मा प्रकाशित

एजेन्सी– अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी चयन भएका छन् ।
asaraf fganiतीन महिनाअघि भएको निर्वाचनको परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले घानीलाई राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको हो ।

यद्यपि राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्न बाँकी छ । राष्ट्रपति पदका दुई उम्मेदवारले एकअर्काविरुद्ध धाँधलीको आरोप लगाएका कारण राजनीतिक गतिरोध लम्बिएको थियो ।
घानी र राष्ट्रपति निर्वाचनका अर्का प्रत्यासी अब्दुल्लाह अब्दुल्लाहबीचको शक्ति सन्तुलनको सहमतिअनुसार घानी राष्ट्रपति घोषित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सहमतिअनुसार अब्दुल्लाहलाई कार्यकारी प्रमुख बनाइनेछ । जो सँग प्रधानमन्त्री सरहको अधिकार रहनेछ ।  घानी र अब्दुल्लाहबीच काबुलस्थित राष्ट्रपति भवनमा शक्ति बाँडफाँट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

निवर्तमान राष्ट्रपति हमिद कारजाईले घानी र अब्दुल्लाह दुवैलाई बधाई दिएका छन् । उनले उक्त सम्झौता मुलुकको उन्नति र विकासका लागि भएको टिप्पणी गरेका छन् । अमेरिकाले सम्झौताको स्वागत गर्दै त्यसलाई एकताका लागि महत्वपूर्ण अवसर भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us