बनिरहेको वातावरण नबिगारौं: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ८:३४ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले विकासका लागि अनुकुल बन्दै गएको वातावरण नबिगार्न सबैलाई आग्रह गरेका छन् ।

sushil koirala
बाढीपहिरो प्रभावितलाई राहत हस्तान्तरण गर्न मंगलबार बालुवाटार पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँगको भेटमा उनले नेपालको जलविद्यतु विकासमा भारतले सहयोगको हात अघि बढाएका बेला नकारात्मक कुरा गरेर वातावरण नबिर्गान आग्रह गरेका हुन् ।

‘भारतले सहयोगको हात अघि बढाएको, हामीले त्यसलाई सकारात्क रुपमा लिनुपर्छ’, कोइरालाले भने, ‘नकारात्मक कुरा गरेर बनिरहेको वातावरण नबिगारौं ।’ उनले नेपाल र भारत दुवै सार्वभौम मुलुक रहेको भन्दै दुवैको जित हुने अवस्थामा सम्झौता हुने बताए । कोइरालाले तोकिएकै मितिमा मुलुकले संविधान पाउने दाबी दोहोर्‍याए ।

संविधानसँगै मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, र विकास एकैपटक आउने उनको भनाइ थियो  ‘तोकिएकै मितिमा संविधान आउँछ, आउँछ’, कोइरालाले भने, यो मेरो संकल्प हो, पूरा गरेरै छाड्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us