नवलपरासी, १७ भदौ– नवलपरासीको गैंंडाकोटमा मंगलबार बिहान बसको ठक्करबाट साइकल यात्री महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वततिर जाँदै गरेको ना २ ख ८५९८ नम्बरको बसले गैंडाकोट नगरपालिका– १६ मा ठक्कर दिँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २६ वर्षीया चित्रकला रिजाल रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । घटनाको विरोधमा स्थानीयले केहीबेर सडक अवरुद्ध पारेका थिए ।