काँकडभिट्टा, १७ भदौ- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टामा बस पल्टिँदा १६ जना घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनीहरुलाई उपचारका लागि भारतको सिलगढी लगिएको छ ।
काँकडभिट्टास्थित पूरानो भन्सार नजिकै को १ ख २६५५ नम्बरको बस बिहान करिब सात बजेतिर पल्टिएको हो । मोटरसाइकललाई जोगाउने क्रममा चालकले अचानक ब्रेक लगाउँदा बस पल्टिएको हो । बस राजमार्गबाट ५० मिटर तल खसेको छ ।