अपराधीले झुठ बोलेको पत्ता लगाउने मेशिन प्रभावकारी

काठमाण्डु टुडे २०७१ भदौ १७ गते २:०३ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्राउ गर्न थालेको छ ।

अधिकांश पोलिग्राफ टेस्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको  अपराध अनुसन्धान विभागका प्रमुख एआर्इजी सुरेन्द्रबहादुर शाहले बताए ।
‘पोलिग्राफ टेस्ट अनुसन्धानमा निकै प्रभावकारी देखिएको छ’, एआईजी शाहले भने, ‘अपराधी अनुसन्धान प्रक्रियामा यसले ठूलो परिवर्तन ल्याइदिएको छ  ।’

गत वर्ष सिरहामा एक व्यक्तिको हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी हत्या गरेर मकैबारीमा शव फालिएको थियो । तर, घटनाका दोषी पत्ता लगाउन नसकेको प्रहरीले चार महिनाअघि शंकास्पद व्यक्तिले नै हत्या गरेको खुल्यो र प्रमाणसेमत भेटिए ।

एक वर्षअघिको रहस्य पोलिग्राफ टेस्टले सजिलै खुलाइदिएको प्रहरीले जनाएको छ । झुठो बोल्दा हुने शारीरिक परिवर्तनका आधारमा पोलिग्राफ टेस्ट हुनेगर्छ ।
धेरै देशमा अपराध अनुसन्धानमा प्रयोग हुने गरेको पोलिग्राफ नेपाल प्रहरीले गत २३ माघबाट सुरु गरेको हो । त्यसयताको सात महिनामा प्रहरीले दुई सय ६७ जनामाथि पोलिग्राफ टेस्ट गराएको छ । अमेरिकी सरकारको सहयोगमा नेपाल प्रहरीले पोलिग्राफ प्रविधि भित्र्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us