स्याङ्जा, १६ भदौ– आफ्नै बाबुको हत्या गरेको अभियोगमा खिलुंग देउराली–२ का ५३ बर्षीय खड्कबहादुर सार्की पक्राउ परेका छन् ।
उनले घरासयी विवादमा ८४ बर्षीय बाबु कर्णबहादुरको सोमबार बिहान हत्या गरेका थिए । सार्कीले हसियाँ प्रहार गरी बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।