गोदाममै कुहिन्छ खाद्यान्न

काठमाण्डु टुडे २०७१ भदौ १६ गते ४:५६ मा प्रकाशित

ओखलढुंंगा, १६ भदौ– ओखलढुंंगा सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदाममा पानी चुहिएपछि यसपटक पनि खाद्यान्न कुहिने भएको छ ।
गोदाम घर जीर्ण बनेर पानी चुहिन थालेपछि संस्थानको गोदाममा वर्षेनी चामल कुहिने गरेको छ । अनुदानमा खाद्यान्य उपलब्ध गराउने उद्देश्यले २०३१ सालमा बनाइएको गोदाम मर्मत अभावमा जीर्ण बनेको छ ।

गोदाम घरको काठपात मक्किनुका साथै पर्खाल लड्ने अवस्थामा पुगेको छ । खाद्य संस्थान ओखलढुंंगामा प्रमुख कृष्णप्रसाद ढकालले गोदाम मर्मतका लागि पटकपटक केन्द्रमा आग्रह गर्दा पनि सुनुवाई नभएको बताए ।

गोदाममा पानी चुहिएका कारण यो वर्ष दुई क्विन्टल चामल कुहिएर फालिएको छ । अघिल्लो वर्ष चार क्विन्टल चामल कुहिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us