
संखुवासभा, १६ भदौ– संखुवासभाका एक वृद्ध बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।
मुढे शनिश्चरे ५८ वर्षीय रत्नमान भनिने इन्द्रबहादुर जिमी गाउँमै मृत फेला परेका हुन् । घरबाट आफन्त भेट्न धनकुटाको मारेक कटहरे जान निस्किएका उनी १० दिनदेखि बेपत्ता थिए ।