शिक्षामन्त्रीको गलामा भ्रष्टाचारीको माला

काठमाण्डु टुडे २०७१ भदौ १६ गते ४:२२ मा प्रकाशित

chitra lekhaसिरहा, १६ भदौ– शिक्षामन्त्री चित्रखेला यादवलाई भ्रष्टाचार मुद्धा खेपिरहेका शिक्षक र कर्मचारीले फूलमालाले स्वागत गरेका छन् ।

सिरहा जार्ने क्रममा उनलाई आइतबार जनकपुर विमानस्थलमा माला लगाएर स्वागत गर्न पुगेका अधिकांश प्रधानाध्यापक भ्रष्टाचार मुद्धा खेपिरहेका छन् ।

भ्रष्टाचार अभियोगमा अदालत र अख्तियार धाइरहेका प्राधानाध्यकपाकहरु सिरहा सदरमुकाम लाहानबाट ३० भन्दा बढी गाडी रिजर्भ गरेर जनकपुर विमानस्थल पुगेका हुन् । उनीहरुबीच शिक्षामन्त्री यादवसँग फोटो खिचाउन तँछाडमछाड नै चलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us