सिंगो गाउँ नै दाजु भाईलाई अशं

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १:४२ मा प्रकाशित

सिरहा, १६ भदौ–  दाजुभाईबीच अंशबण्डा गर्दा जग्गा, नगद, गहना र जायजेथा बाँडफाँड गरिन्छ ।

तर, गाउँ नै बाँडियो भन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका सिरहा गाढा–२ का सुकुम्बासी दलित उचिर मरिकले छोराहरुलाई अंशबन्डामा आफ्नो हिस्सामा रहेको गाउँ बाँडेका छन् ।
बाँसजन्य सामग्रीको बेचबिखन र सुँगुर ,बङ्गुर पालन गरी जीविकोपार्जन गर्ने डोम मेस्तर समुदायका हुन् उनी । जेठा छोरा चुल्हाईले अंशमा सिरहाको छर्रापट्टी र कटहकोको आधा गाउँ पाए । अर्का छोरा गुलाईले भटोटैर, विनोदले गढियोको पश्चिम टोल र मनोजले कल्याणपुर अंशमा पाए ।

उक्त समूदायमा अंशमा पाएको र खरिद गरेको गाउँमा मात्र आफ्नो उत्पादन बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरिद गरेको गाउँमा चाढपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरिददारी गर्न पाउँछन् ।

आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सुँगुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us