कोरियन कफी नेपाली बजारमा

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, ७ भदौ – दक्षिण कोरियाको ‘स्प्रोञ्जा ब्राण्ड’ को कफी शनिबारदेखि नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।

coffeeनेपाल योङ्ग स्टार ग्रुप प्रालीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कोरियाामा उत्पादित सो कफी नेपाली बजारमा आएको जानकारी दिइएको छ । कोरियामा बसोबास गर्ने नेपालीले स्वदेशमै केही गर्ने लक्ष्यकासाथ सामूहिक लगानी गरी सो कम्पनी स्थापना गरेका हुन् ।

नेपाल चेम्बर्स अफ कमर्सका पूर्वअध्यक्ष सुरेशकुमार बस्नेतले सो कफीलाई नेपालमै उत्पादन सुरु गरी बजार विस्तार गर्न सकेमा त्यसले रोजगारी तथा राष्ट्रिय उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे । बस्नेतले भने–यो अत्यन्तै राम्रो काम हो ।

यसलाई नेपाली बजारमा प्रर्वद्धन गर्न सक्यौं भने युवाहरुको लागि पनि नयाँ रोजगारी सिर्जना गर्न सक्ने उत्तम विकल्प हुनसक्छ । बस्नेतले कफी खेती गर्न आफूले सँधै यूवाहरुलाई प्रोत्साहन गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।

नेपाल योङ्ग स्टार ग्रुप प्रालीका अध्यक्ष यम श्रेष्ठले उपभोक्तलाई गुणस्तरका साथ सस्तो मूल्यमा सो कफी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा कफी

स्वदेशमा उत्पादन तथा प्रशोधन गर्ने लक्ष्य रहेको जानकारी दिए । त्यस्तै श्रेष्ठले यो कफी बनाउन त्यति झन्झटिलो पनि नभएको बताएका छन् ।

सो कफी प्रति १२ ग्रामको पाउचलाई १५ रुपैयाँ मा प्राप्त गर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us