प्रधानमन्त्रीले वार्ता गर्छु भन्दै ढाँटे : गजुरेल

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ११:०७ मा प्रकाशित

सङखुवासभा, ७ भदौ – नेकपा – माओवादी उपाध्यक्ष सीपी गजुरेलले भारतको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र लाद्न खोजेको ठोकुवा गरेका छन् । भारतको फाइदाका लागि संविधान बन्न लागेको उनले दाबी गरे ।

cp gajurelक्रान्तिकारी पत्रकार महासंघले शनिबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले भारतपरस्त संविधान आफ्नो पार्टीलाई अमान्य हुने बताए ।
गजुरेलले प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा बोलाएर झुक्याएको समेत आरोप लगाए । ‘प्रधानमन्त्रीले वार्तामा बोलाएर तपाईंहरुको माग ठिकै रहेछ भन्नुभो ’, उनले भने, ‘त्यसपछि बैठक पनि बोलाइएन, हामीलाई झुक्याउने काम मात्रै भयो यसरी राजनीति चल्दैन ।’

माओवादीलाई पाखा लगाएर ल्याउने संविधान मान्य नहुने गजुरेलको भनाइ छ । ‘संविधानसभामा संविधान घोषणा भइरहँदा बाहिर जलाएको राम्रो हुँदैन,’ उनले भने, ‘हामी पहिचान सहितको संघीयताको पक्षमा छौं ।’ उनले तिहारलगत्तै आन्दोलन चर्काउने बताए ।

गजुरेलले पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग कार्यगत एकतासमेत हुन नसक्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us