काठमाण्डु, ७ भदौ – सत्तासाझेदार एमालेले एकतर्फी ढङगबाट सुकुम्बासी आयोग गठन गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सत्ता साझेदार कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा कांग्रेसले एकतर्फी रुपमा आयोग गठन भएको भन्दै आपत्ति जनाएको हो ।
‘संविधान निर्माणका विषयमा सहमतिजुटाउन छलफल भइरहेको छ, हामीले मनोमालिन्य ढङ्गले सुकुम्बासी आयोग गठन भएकोबारे आपत्ति जनायौं’ काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ।
भूमिसुधार मन्त्रालय एमालेको भागमा परेको र त्यसको फाइदा उठाउँदै हालै मात्र विभिन्न जिल्लामा सुकुम्बासी आयोग गठन गरेको छ ।