३५ हजार उभिएर बनाए झण्डा

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ७:१९ मा प्रकाशित

काठमाण्डु, ७ भदौ – राजधानीको टुँडिखेलमा हजारौं सहभागी नेपाली राष्ट्रिय झण्डाको आकारमा उभिएर अन्तर्राष्ट्रिय रेकर्ड बनाएका छन् ।

flagशनिबार बिहान उनीहरुमध्ये कसैले निलो, रातो र सेतो रंगको टाउकोमा बोकेर उभिएका थिए । हजारौं मानिस उभिदा नेपालको राष्ट्रिय झन्डाको आकार लिएको थियो ।

इन्जिनियरिङका १२ विद्यार्थीको टोलीका समन्यवयमा ३५ हजार ९ सय ७ नेपालीको सहभागितामा विश्वकै सबैभन्दा ठूलो मानव निर्मित राष्ट्रिय झण्डा बनाइ विश्व कीर्तिमानको दाबी गरेका छन् । झन्डाको लम्बाइ १ सय ६० मिटर र चौडाइ १ सय २६ मिटर छ।

पिकसेल–पिकसेल मिलेर फोटो बनेझै यो मानव झण्डा तयार भएको हो । ‘ह्युमन भ्यालुज फर पिस एन्ड प्रोस्पेरिटी’ ले यसको संयोजन गरेको थियो ।

यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेकोमा नेपाली झन्डाले त्यो रेकर्ड तोडेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us