चरीको आज अन्त्येष्टि

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २३:४९ मा प्रकाशित

chariकाठमाण्डु, ७ भदौ –प्रहरी कारबाहीमा मारिएका चर्चित डन दिनेश अधिकारी चरीको आज अन्त्येष्टि गरिने भएको छ ।
चरीको मृत्यु भएको १७ दिनपछि अन्त्येष्टि हुन लागेको हो । उनका दाजु ध्रुव अधिकारीले आज पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार भाईको अन्त्येष्टि गरिने जानकारी दिए ।

यसअघि परिवार र एमालेका केही नेताले चरीको नियोजित हत्या भएको भन्दै हत्यामा संलग्न प्रहरी अधिकारीविरुद्ध कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएको थियो । परिवारले उनको हत्या भएको भन्दै अदालतमा समेत रिट दायर गरेको छ । चरीको शव शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

उनको गत २१ साउनमा प्रहरी मुठभेडमा काठमाण्डुको भीमढुंगामा ज्यान गएको थियो ।
यसैबीच एमाले धादिङले चरीको अन्त्येष्टिमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ । कार्यबाहक जिल्ला अध्यक्ष भूमी त्रिपाठीले बिहान १० बजे शिक्षण अस्पतालमा जम्मा हुन नेता कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए । चरी एमाले क्षेत्र नम्बर १ धादिङका पूर्वउपाध्यक्ष हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us