हेटौंडा, ६ भदौ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी गर्ने मिति नजिकिए पनि २६ सभासद मनोनयन गर्न नसकेको भन्दै सरकारको
कडा आलोचना गरेका छन् ।
मकावनपुरको हेटौंडामा शुक्रबार भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनको एक वर्ष बित्ना लाग्दासमेत संविधानसभालाई पूर्णता दिन नसक्ने सरकार लाचार भएको आरोप लगाए ।
थापाले प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादी निर्धारत ८ माघमा संविधान जारी गर्ने पक्षमा नरहेको आरोप लगाए । काँग्रेस–एमालेको सत्ता लिप्सा र एमाओवादीको उग्रवामपन्थी चिन्तन संविधान निर्माणको बाधक भएको दाबी गरे ।
थापाले सरकार सरकार इतिहासकै सुस्त रहेको र एमाओवादीले प्रतिपक्षी भूमिका खेल्न नसकेको टिप्पणी गरे ।