बाढीपहिरो पीडितलाई एनसेलको २० करोड

काठमाण्डु टुडे २०७१ भदौ ६ गते १२:४८ मा प्रकाशित

ncell काठमाण्डु, ६ भदौ– निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषमा बाढी प्रभावितको राहत तथा उद्धारका लागि २० करोड रुपैयाँ उपलब्ध गराएको हो ।

एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले २० करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई बिहीबार बालुवाटारमा हस्तान्तरण गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us