सुतिरहेका श्रीमानको घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७१ भदौ ६ गते १२:४० मा प्रकाशित

सिन्धुपाल्चोक, ६ भदौ– सिन्धुपाल्चोक इचोक गाविस–९ मालीचौरमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
पटकपटक शारीरिक यातना दिएको भन्दै स्थानीय खोन्दुहिसी शेर्पाले श्रीमान ५६ वर्षीय तेम्बा शेर्पाको हत्या गरेही हुन् ।

खोन्दुहिसीले बिहीबार राति घरमा सुतिरहेका बेला कुखुरीले घाँटी रेटेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।
मेलम्ची प्रहरीका प्रहरी नायव निरीक्षक विष्णु श्रेष्ठमा अनुसार खोन्दुहिसी यातना खप्न नसकेर आफूले श्रीमानको हत्या गरेको साबिती बयान दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us