बाढी पीडितलाई भाेकै मर्न दिन्न: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ९:१५ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले बाढीपहिरो प्रभावितलाई भोकै– नाङगै हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

sushil koirala
सिन्धुपाल्चोक जुरे पहिरो प्रभावितलाई लक्षित गरी राहत तथा पुनस्र्थापना कार्यक्रम ल्याउन माग गर्न बालुवाटार पुगेको एमाले नेता अमृत बोहोरा नेतृत्वको टोलीलाई कोइरालाले यस्तो बताएका हुन् ।

बोहराका अनुसार प्रधानमन्त्री कोइरालाले प्रभावित क्षेत्रमा राहत तथा उद्धारकार्यमा लापरबाही नगर्न सम्वद्ध निकायलाई निर्देशन दिइसकिएको बताए ।

उनले बाढीपहिरोका कारण विस्थापित भएकालाई तत्काल पुनस्र्थापना गर्न सरकार लागि परेको बताए ।

केही दिनअघि एमाओवादी नेता अग्नि सापकोटा नेतृत्वको टोलीले पनि प्रधानमन्त्री कोइरालालाई भेटी राहत तथा उद्धारको कामलाई तीव्रता दिन ध्यानाकर्षण गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us