काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले सर्वसाधारणसँग पैसा लिएर खाएको आरोप लागेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर
बस्नेतलाई पक्राउ गरेर थुन्न आदेश दिएको छ ।
न्यायाधीशद्वय गिरीशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बस्नतेलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सर्वोच्चले यसअघि जिल्ला अदालत काठमाण्डु र पुनरावेदन अदालत पाटनले धरौटी लिएर तारेखमा छाड्न दिएको आदेश बदर गरेको छ ।
‘काठमाण्डु जिल्ला अदालतबाट २०६९ माघ २१ र पुनरावेदन अदालत पाटनबाट २०७० साउन २४ मा भएको आदेश मिलेको नदेखिंदा बदर गरी दिईको छ’, आदेशमा भनिएको छ,‘बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा प्रतिवादी सुधीर बस्नेतलाई पुर्पक्षको निमित्त थुनामा राखी मुद्दाको कारवाई गर्नु ।’
सर्वसाधारणबाट करोडौँ ठगी गरेको आरोपमा उनीविरुद्ध मुद्धा दायर गरिएको थियो ।