एमालेका कर्मचारी अख्तियारको विरुद्धमा

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमाले सम्वद्ध बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ, नेपाल राष्ट्रिय समितिले अख्तियार दुरुपयोग अनुसन्धान uml karmachariआयोगले कर्मचारीलाई अनाहमा दु:ख दिइरहेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले अपराधिक मनोवृत्तिका केही व्यक्तिले दिएको उजुरीका भरमा अख्तियारले कर्मचारीलाई दु:ख दिएको आरोप लगाएको हो ।

कार्यक्रममा समितिका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद सुवेदीले अख्तियारले छानबिन गर्ने कुरामा आफूहरुको कुनै आपत्ति नभएको जिकिर गर्दै अनुुसन्धान विधि र प्रक्रिया संगत हुनुपर्ने बताए ।

कुनै कर्मचारी ट्रेड यूनियनमा आवद्ध भयो भन्दैमा अख्तियारले अनुसन्धानको घेरामा राख्नुपर्ने के हो यो ?’ सुवेदीले भने,  ‘यसमा हामीलाई आश्चर्य लागेको छ । कार्यालय सहायकलाई फोन गरेर अख्तियारले दु:ख दिएको छ । अनुशन्धान गर्ने नै हो भने माथिल्लो कर्मचारीबाट हुनुपर्छ ।’
सुवेदीले बैंकीङ् क्षेत्रमा पनि दोहोरो अवकाश प्रणाली अन्तर्गत ३० बर्षे सेवा अवधि हटाएर ६० बर्षे कायम गर्नुपर्ने, बैंकको प्रमुख कार्यकारी अधिकृत हुनका लागि शैक्षिक योग्यता र उमेर हद तोकिनुपर्ने, कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक तोक्नुपर्ने , अस्थायी ज्यालादारी तथा करार कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने जस्ता माग अघि सारे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले अख्तियारले कार्यालय सहायकलाई दु:ख दिएर राम्रो कामको आडमा नराम्रो काम गरेको आरोप लगाए । पौडेलले ट्रेड युनियनलाई सखाप पार्ने नाममा त्यसो गरिएको भन्दै आफूहरुलाई अमान्य हुने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us