पत्रपत्रिका वितरणमा अवरोध नगर्न आग्रह

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, ६ भदौ- नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाले पत्रपत्रिका वितरणमा अवरोध नगर्न आग्रह गरेको छ ।

fnj logo
शाखा अध्यक्ष कमलदेव भट्टराईद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा पत्रपत्रिका वितरणमा भएको अवरोधले प्रेस स्वतन्त्रता र जनताको सूचना पाउने अधिकार कुण्ठित भएकाले उक्त कार्य रोक्न आग्रह गरिएको छ ।
‘प्रेस स्वतन्त्रता केवल सूचना माग्ने र लेख्ने स्वतन्त्रतासँग मात्र सम्बन्धित नभई वितरणसँग पनि गाँसिएको हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाध रुपमा पत्रपत्रिकाको वितरण प्रेस स्वतन्त्रताको अंग हो । प्रेस स्वतन्त्रतामा हनन् पुग्ने काम कोही, कुनै पक्षबाट नहोस् ।’

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल प्रकाशन तथा छापाखाना मदजुर संघले तलबवृद्धिसहित विधिन्न माग राखेर केही दिनयता कान्तिपुर र दी काठमाण्डु पोस्ट दैनिकको बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us