मूल्य हेरेर मात्रै पानी किन्न उपभोक्तालाई व्यवसायीको आग्रह

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, ४ भदौ – नेपाल बोटल वाटर उद्योग संघले पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको बताउादै उपभोक्ताहरुलाई सचेत रहन आग्रह गरेको छ ।

paniबुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले बजारमा हल्ला भए झैं पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको र उपभोक्ता मूल्य एमआरपी (अधिकतम बिक्री मूल्य) मा कुनै पनि परिवर्तन नगरेको स्पष्ट पार्दै उपभोक्ताहरुलाई समेत सचेत रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष किशोर मानन्धरले पानीको बोटलमा नै मूल्य अंकित गरिएको हुादा सोही मूल्य हेरेर मात्रै पानी किन्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । मानन्धरले भने–पानीमा बिचौलिया र माफियाहरुको दबाबमा कार्टेलिङ् भयो भन्नु गलत हो । यसमा कुनै सत्यता छैन् । यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा गर्ने हो भने सवै व्यवसाय नै धराशयी बन्छ । उद्योगले बजारबाट आफूले पाउनुपर्ने मुल्य नपाएको अवस्थामा विक्रि वितरणमा मात्रै हेरफेर गरेको हो ।

त्यस्तै संघका उपाध्यक्ष सजनलाल प्रधानले केही विचौलीयाहरुले पानीमा कार्टेलिङ् भयो भनेर हिाडेको आरोप लगाउादै मूल्य परिवर्तन नभएको प्रष्ट पारेका छन् ।

प्रधानले बजारमा पानीको अभाव नगराउनका लागि आफूहरु लागि परिरहेको बताए । उनले सरकारले पानी उद्योगहरुको वर्गीकरण गरेर मात्रै मूल्य निर्धारण गर्न माग समेत गरेका छन् ।

उनीहरुले उपभोक्ताहरुलाई बोटलमा भएको एमआरपी हेरेर मात्रै पानी किन्न अनुरोध गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us