हिमाल शर्मालाई अवैध घोषणा गर्दै भट्टराई पक्षद्वारा काठमाण्डुमा समानान्तर कमिटी

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– समानान्तर कमिटी गठन रोक्ने प्रतिबद्धता जनाएको एक साता नबित्दै एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले mahendra 2काठमाण्डुमा समानान्तर कमिटी घोषणा गरेको छ ।

भट्टराई पक्षले जिल्ला सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा बुधबार पत्रकार सम्मेलन गरी उनले आफू पार्टीको आधिकारिक जिल्ला अध्यक्ष भएको दाबी गरे ।

जिल्ला कमिटीले आफूलाई अध्यक्ष र अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालाई उपाध्यक्ष बनाएको दाबी उनले गरे । भट्टराईले श्रेष्ठलाई काठमाण्डुको अध्यक्ष बनाउनुपर्ने माग गरे पनि जिल्ला कमिटीको बहुमतले शर्मालाई अध्यक्ष चयन गरेका थिए ।
एक साताअघि बसेको स्थायी कमिटि बैठकमा भट्टराईले समानान्तर कमिटि गठन रोक्ने र संस्थापनले जिल्लाजिल्लामा जारी प्रशिक्षण कार्यक्रम स्थगन गर्ने सहमति गरेको थियो ।
हेटौंडा महाधिवेशनपछि असन्तुष्ट बनेको भट्टराई पक्षले देशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।
स्थायी कमिटीलेसमानान्तर कमिटी बनाएको भन्दै भट्टराई पक्षधर पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।

बैठकले तीनपटक बिनाजानकारी बैठकमा अनुपस्थित रहेको भन्दै भट्टराई पक्षधर सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई पदबाट हटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us