सेतो कोट लगाएर चिकित्सकले स्वास्थ्य मन्त्रालय घेर्ने

काठमाण्डु टुडे २०७१ भदौ २ गते ३:१० मा प्रकाशित

काठमाण्डु, २ भदौ– स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्य सचिव नियुक्तिको विरोधमा आज चिकित्सक संघले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको छ ।
संघले बिहान साढे १० बजे काठमाण्डुमा रहेका सम्पूर्ण चिकित्सक र स्वास्थ्यर्कीलाई सेतो कोटमा मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको छ ।
स्वास्थ्य सेवा ऐनविपरीत गैरचिकित्सकको नियक्ति भएकाले आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष अन्जनीकुमार झाले जानकारी दिए ।

तत्कालिन स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले स्वास्थ्य ऐन संशोधन गरेपछि चिकित्सक सचिव बन्ने बाटो खुलेको थियो । सोही प्रावधानअनुरुप २०६४ साल मंसिर ६ गते डाक्टर निराकारमान श्रेष्ठ पहिलो चिकित्सक स्वास्थ्य सचिव बनेका थिए ।
संघका पदाधिकारीले शनिबार स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई निर्णयमा पुनविर्चार गर्न आग्रह गर्दै आन्दोलनमा जानेबारे जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us