धुर्मुस् भन्छन्, ‘सालीलाई लाइन मार्न मन लाग्छ, तर साँढुभाइले ढाड खुस्काउला भन्ने डर’

काठमाण्डु टुडे २०७१ भदौ २ गते २:०६ मा प्रकाशित

dhurmusकाठमाण्डु, २ भदौ– चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ का कलाकार धुर्मुसकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ को आफ्नै साख्खै बहिनी छैनन् ।
तर, कुञ्जनाको आफ्नै बहिनी नभए पनि धुर्मुसलाई सालीको भने खाँचो छैन । भन्छन्,‘ साख्खै साली नभए पनि नजिकका सालीहरु मनग्ये छन् ।

सासुका दिदीबहिनी ६ जना भएकाले त्यताबाट उल्लेखनीय संख्यामा सालीको व्यवस्था भएको छ । त्यसैले सालीको अभाव खट्किन पाएको छैन ।’
धुर्मुसले सालीहरुलाई लाइन मार्न तीन कुराले समस्या परेको बताएका छन् ।

पहिलो, भेट नै नहुने भएकाले झ्याम्मिन नपाएको, भेट हुँदा पनि आफैँलाई जिस्काएर हैरान पार्ने भएकाले खुल्न नसकेको र तेस्रो सबैको बिहे भइसकेकाले यस्तो सुविधा नभएको ठट्टेउलो जवाफ दिएका छन् ।

‘सालीहरु त विवाहित नै छन् । उनीहरुलाई लाइन मार्न थाल्यो भने त उनीहरुका बुढाले करङ भाचिहाल्छन् नि’ धुर्मुले साली–भिनाजुको सम्बन्ध त अलि खुकुलो हुन्छ भनिन्छ ।

सालीहरुलाई लाइन मार्ने सुविधा छ कि छैन भन्ने जवाफमा भनेका छन् । धुर्मुसले कुञ्जनाले बुढो सधैँ टिपटप टिनएजजस्तो होस् भन्ने चाहेको बताएका छन् । ‘म ड्रेसअपमा मतलबै गर्दिनँ । ससुराली जाँदा होस् कि मोबाइलमा जाँदा मेरो पारा उही हो ।

कहिलेकाहीँ त हाफ पाइन्ट लगाएर पनि पुग्छु । टिपटप हुनुपर्छ भन्ने सोच नै छैन । कुञ्जना चाहन्छिन् बुढो सधैं टिनएजजस्तो होस् । तर बिहेपछि न मेरो ड्रेसअप बदलिएको छ, न बोलीचालीको ढंग’ धुर्मुस् भन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us