काठमाण्डु, १ भदौ – डन दिनेश अधिकारी ‘चरी’ मारिएको १३ दिनपछि दाहसंस्कार हुने भएको छ ।
उनका परिवारले प्रहरीले पक्राउ गरी हत्या गरेको आरोप लगाउँदै शव बुझ्न इन्कार गरेकाले दाहसंस्कार हुन नसकेको हो ।
हिन्दु परम्पराअनुसार मानिस मरेको १३ औं दिनमा काजकिरिया सकिने प्रथा रहिआएको छ ।
चरीका आफन्त, परिवारजन र धादिङका एमाले नेताहरुबीच आइतबार गोंगबुमा भएको छलफलपछि कानुनी तथा राजनीतिक लडाइँ लड्दै काजकिरिया गर्ने निर्णय भएको हो ।
सोमवार सर्वोच्च अदालतमा चरीको मृत्यु प्रकरणमा किटानी जाहेरी लिन नमानेको प्रहरीविरुद्ध परेको रिटमाथि सुनुवाइ हँुदैछ ।