आज कृष्ण जन्माष्टमी

काठमाण्डु टुडे २०७१ भदौ १ गते ३:१४ मा प्रकाशित

काठमाण्डु, १ भदौ– आज भाद्र कृष्णअष्टमी नेपालका हिन्दू धर्मालम्बीले भगवा श्रीकृष्णको पूजाआजा गरी मनाउँदै छन् ।

krishna
कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । परम्पराअनुसार आजको दिन बिहानै उपत्यकाको पाटनस्थित कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको भिड लागेको छ ।
राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति रामबरण यादबले पाटनस्थित कृष्ण मन्दिरमा पुगेर आज प्रसाद ग्रहण गर्नेछन् ।
त्यसअघि बिहान शोभायात्रा समेत निकालिएको थियो । जन्माष्टमीका दिन कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, गर्नुका साथै विशेष गरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । यसैबीच सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us