विवाह गर्न दबाब दिएपछि प्रेमिकाको हत्या

काठमाण्डु टुडे २०७१ भदौ १ गते २:२९ मा प्रकाशित

Ramesh-maharjanकाठमाण्डु, १ भदौ –डल्लुमा बिहिबार बिहान भएको एक हत्यामा मृतककै प्रेमिका संलग्न रहेको रहस्य खुलेको छ ।
बिहेका लागि प्रेमिकाले दबाब दिएपछि रमेश महर्जनले प्रेमिका पेमा छेकी शेर्पाको हत्या गरेको प्रहीले जनाएको छ ।
प्रहरीले शुक्रबार महर्जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार महर्जन विवाहित हुन् भने शेर्पा अविवाहित ।

एउटै कम्पनीमा काम गर्ने उनीहरुबीच केही वर्षयता प्रेम सम्बन्ध थियो । प्रेमिकाले विवाह गर्न प्रस्ताव गर्दै दबाब दिएपछि महर्जनले उनको हत्या गरी पन्छाउने योजना बनाएका थिए । त्यही योजनाअनुसार बिहिबार बिहानै घुम्न जाने भन्दै शेर्पालाई बोलाएर उनले घाँटी रेटी हत्या गरेर भागेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी पदम विष्टका अनुसार हत्यमा प्रयोग भएको चक्कु तथा रगत लागेको लुगासमेत बरामद भएको छ ।
विष्टका अनुसार मृतक र अभियुक्त विजेश्वरीस्थित अर्जुन श्रेष्ठको गरगहना प्याकेजिङसम्बन्धी फ्याक्ट्रीमा सँगै काम गर्दै आएका थिए ।

बिहीबार बिहान करिब ५ बजेको समयमा महर्जन र शेर्पा अँगालो मारेर हिँडिरहेका थिए । त्यही क्रममा महर्जनले चक्कुले घाँटी रेटेर हत्या गरेको भिडियो डल्लुस्थित एक स्थानीयको घरमा रहेको सिसिटिभीमा कैद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us