चरीको शोकमा खुश्बुले गराइन् बालगृहमा मुण्डन

काठमाण्डु टुडे २०७१ भदौ १ गते २:०५ मा प्रकाशित

काठमाण्डु, १ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को शोकमा उनकी प्रेमिका खुश्वु ओलीले आफ्नो बालगृहका बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी छन् ।
उनले आफूले सञ्चालन गर्दै आएको विशालनगरस्थित बालगृह सेल्टरमा आश्रित बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी मारिएको भोलिपल्टै उनले बालगृहका २० भन्दा बढी बालकलाई एकैपटक कपाल मुण्डन गर्न लगाएकी थिइन् ।

बालगृहकी अध्यक्ष खुश्वुले चरी मारिएको भोलिपल्ट बाल र कर्मचारी सबैले मुण्डन गरेको बताइन् । चरी बालगृहमा आइरहने भएकाले उनको सम्मानस्वरुप केटाकेटीले कपाल मुण्डन गरेको उनको भनाइ छ ।

सेल्टरमा रहेकाहरुले कपाल मुण्डन गरेर आफ्नो दु:खमा साथ दिएको उनले बताइन् । बालगृहमा सडक बालबालिका र कर्मचारी गरी ३५ जना छन् । कपाल मुण्डन गरे पनि जुठो नबारेको सेल्टरमा रहेका बालहले बताए ।

उनले डेढ वर्षदेखि बालगृह सञ्चालन गर्दै आएकी छन् । उनका अनुसार बालगृह सञ्चालन गर्न प्रतिमहिना २ लाख लाग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us