राजधानीमा आतंक मच्चाउने हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– लामो समयदेखि राजधानीका विभिन्न स्थानमा हतियार देखाएर रकम असुल्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुर–१ घर भई हाल काठमाण्डु चाबहिल डेरा गरी बस्ने ३७ वर्षीय बाबुराम राई पेस्तोलसहित भक्तपुरबाट पक्राउ परेका हुन् । वयापारीलाई धम्काएर रकम असुल्ने उनलाई इटलीमा बनेको ९ एमएम पेस्तोल तथा त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हतियारको आडमा राईले म्यानपावर सञ्चालक तथा व्यापारीलाई धम्काएर लामो सयमदेखि लुटपाट मच्चाउँदै आएका थिए
राईलाई पक्राउ गर्नासाथ उनीबाट ठगिएकाहरुले प्रहरीमा उजुरी दिन थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us