बहालवाला होइन, नयाँ राष्ट्रपति अनुमोदन गर्ने हो: देउवा

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ११:३६ मा प्रकाशित

विराटनगर, ३१ साउन- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्ने माग असान्दर्भिक रहेको भन्दै नयाँ sher_Bahadur_Deubaराष्ट्रपति आएपछि मात्र संसदले अनुमोदन गनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले बहालवाला राष्ट्रपति संसदबाट अनुमोदन गराउने चलन संसारमै नरहेको बताए । संसदले नयाँ राष्ट्रपति चुनेपछि मात्र अनुमोदन हुने उनको भनाइ थियो ।

‘बहालवाला राष्ट्रपतिको अनुमोदन गर्नुपर्छ भन्नु अनावश्यक कुरा हो’, देउवाले भने, ‘नयाँ राष्ट्रपति चुनिएपछि मात्र संसदले अनुमोदन गरिन्छ ।’ देउवाले संविधान जारी नभएसम्म सरकार परिवर्तन हुन नहुने बताए ।

सरकार परिवर्तनको खेलले फेरि संविधान नबन्ने भन्दै उनले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us