काठमाण्डु, ३० साउन– बुधबारदेखि देशभर जारी वर्षातका कारण देशभरको जनजीवन कष्टकर बनेको छ ।
पहाडी क्षेत्रमा पहिरोको त्रास बढेको छ भने तराईका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुनेछ छ ।
सरकारले क्षति कम गर्न र घटना भएको अवस्थामा राहत तथा उद्धारका लागि उच्च सर्तकता अपनाएको जनाएको छ । मौषमविद राजेन्द्र श्रेष्ठका अनुसार वर्षात ढिला भएकाले अझै भारी वर्षाको सम्भावना छ ।
निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा १७ जनाको मृत्यु भइसकेको छ । डेढ दर्जन बढी सर्वसाधारण बेपक्ता छन् ।
बाढीले पुल बगायो
म्याग्दीको बरंजा–४ मा नैदी खोलाको पुल बाढीले बगाएको छ । उता धनुषा र महोत्तरी जोड्ने रातु खोलाको पुल भासिएपछि पुर्व पश्चिम राजमार्गमा आवत जावत गर्ने यात्रु र सवारी साधन अलपत्र परेका छन् ।
वैकल्पिक मार्गको व्यवस्था मिलाइए पनि निरन्तरको वर्षाले सो मार्ग पनि डुवानमा परेपछि यात्रु मारमा परेका छन् ।