एमाले पोटिब्युरोमा ओली पक्षको बखेडा

काठमाण्डु टुडे २०७१ साउन ३० गते २:३३ मा प्रकाशित

काठमाण्डु, ३० साउन–  नेकपा एमालेको पोलिटब्युरो सदस्य हुने मापदण्ड केन्द्रीय समितिले kp oliपरिमार्जन गर्न नसक्ने माधव नेपाल पक्षको अडानलाई प्रतिवाद गर्न अध्यक्ष केपी शर्मा ओली पक्षधरले स्थायी कमिटिको निर्वाचन गर्नुपर्ने धारणा अघि सार्दै आएका छन् ।

केन्द्रीय कमिटी बैठकमा बिहीबार २८ केन्द्रीय सदस्यले बोलेका थिए । उनीहरुले अधिकाशंले आफ्नो लाइनअनुसारकै धारणा राखे ।

केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी विधानमा पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था नभएको भन्दै स्थायी कमिटी चुनावबाटै छानिनुपर्ने बताए ।

नागरिक दैनिकबाट ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us