भट्टराईले भने,‘सबै जिल्लामा समानान्तर कमिटि बनाएका छौं’

काठमाण्डु टुडे २०७१ साउन ३० गते १:२२ मा प्रकाशित

काठमाण्डु, ३० साउन- एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले ७५ वटै जिल्लामा आफ्नो पार्टीको अलग संरचना रहेको Baburam-Bhattarai_AP_20120907053211बताएका छन् ।

बैचारिक बहस व्यवस्थापन समितिको केही दिनअघिको बैठकमा संस्थापन पक्षले देशभर सञ्चालन गरेको एकतर्फी प्रशिक्षण रोक्ने र बाबुराम पक्षले समानान्तर कमिटि रोक्नेबारे भएको सहमतिलाई ‘सामान्य कुराकानी मात्र भएको’ भन्दै उनले दुबै समितिको गतिविधि जारी रहेको दाबी गरेका छन् ।
‘हो अहिले ७५ वटै जिल्लामा हाम्रो घोषित–अघोषित रुपमा हाम्रो अलगअलग संयन्त्र बनेर कार्य सञ्चालन गरेका छन्,’उनले भने,‘उहाँहरुलाई एकलौटी रुपमा प्रशिक्षण कार्यक्रम नगर्ने,हामीले समानान्तर कमिटि गठन नगर्ने भन्नेबारे सामान्य कुराकानी मात्र भएको हो,तर त्यस्तो कुनै सम्झौता भएको छैन।’
समानान्तरक कमिटिले पार्टी टुक्राउने नभई पार्टीलाई रुपान्तरण गरी पुननिर्माण गर्ने तर्क उनले गरे । अन्नपुर्ण पोष्टबाट

काठमाडौं,साउन३०–एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले ७५ वटै जिल्लामा आफ्नो पार्टीको अलग संरचना रहेको बताएका छन् । बैचारिक बहस व्यवस्थापन समितिको केही दिनअघिको बैठकमा संस्थापन पक्षले देशभर सञ्चालन गरेको एकतर्फी प्रशिक्षण रोक्ने र बाबुराम पक्षले समानान्तर कमिटि रोक्नेबारे भएको सहमतिलाई ‘सामान्य कुराकानी मात्र भएको’ भन्दै उनले दुबै समितिको गतिविधि जारी रहेको दाबी गरेका छन् ।
‘हो अहिले ७५ वटै जिल्लामा हाम्रो घोषित–अघोषित रुपमा हाम्रो अलगअलग संयन्त्र बनेर कार्य सञ्चालन गरेका छन्,’उनले भने,‘उहाँहरुलाई एकलौटी रुपमा प्रशिक्षण कार्यक्रम नगर्ने,हामीले समानान्तर कमिटि गठन नगर्ने भन्नेबारे सामान्य कुराकानी मात्र भएको हो,तर त्यस्तो कुनै सम्झौता भएको छैन।’
समानान्तरक कमिटिले पार्टी टुक्राउने नभई पार्टीलाई रुपान्तरण गरी पुननिर्माण गर्ने तर्क उनले गरे । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । – See more at: http://www.ratopati.com/2014/08/15/159231.html#sthash.dGlTUzBE.dpuf

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us