सरकारका मन्त्री भन्छन्, चरीलाई गोली चलाउनेमाथि कारबाही गर

काठमाण्डु टुडे २०७१ साउन २९ गते १५:५० मा प्रकाशित

पोखरा, २९ साउन उद्योगमन्त्री कर्णबहादुर थापाले गुण्डा नाइके दिनेश अधिकारी चरी हत्या प्रकरण सुनियोजित भएको बताएका छन् ।

karna-bahadur-thapa
प्रेस चौतारी कास्कीले बिहीबार पोखरामाको पत्रकार सम्मेलनमा मन्त्री थापाले कुनै पनि ब्यक्तिलाई हत्या गर्नु गैरकानुनी भएकाले गोली हान्ने प्रहरीलाई कारबाही गर्नुपर्ने वताए ।

चरी एमाले वा डन भन्ने भन्दा पनि नागरिक भएको उनको भनाइ थियो । राज्यले नै गोली चलाउाछ भने सर्वसाधरण जनताको सुरक्षा कसले गर्ने ? उनको प्रश्न थियो । गृहमन्त्री बामदेव गौतमले चरी हत्याबारे संसद् बैठकमा दिएको अभिव्यक्तिको उनले चर्को आलोचना गरे ।

गौतमले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि गोली चलाएकाले जवाफी कारबाहीमा चरी मारिएको बताएका थिए । मन्त्री थापाले प्रहरीले पनि सूचना लुकाएको जिकिर गरे ।  घटनाबारे सरकारले छानबिन गरी गोली हान्नेलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us