बाबुरामलाई पेलेको होइन, बढी सम्झौता गरेको छु : प्रचण्ड

काठमाण्डु टुडे २०७१ साउन २९ गते ८:१६ मा प्रकाशित

० पार्टीभित्र यत्रो विवाद छ, यसरी पार्टी कति दिनसम्म चलाउनुहुन्छ ?
Prachand-1– पार्टी रहँदासम्म विवाद रहिराख्छ, यो एउटा सिद्धान्तकै कुरा हो । पार्टीकिन बन्छन् भने समाजमा विवाद हुन्छन् । पार्टीभित्र किन विवाद हुन्छन् भनेसमाजको विवाद पार्टीभित्र आउँछ । त्यसकारण विवाददेखि तर्सने र विवाद नहोस्भन्ने चाहनेहरूले पार्टी बनाउनतिर लाग्नु हुँदैन । पार्टी बनाउँछु भन्नेलेविवादको सामना गरिरराख्नुपर्छ, विवाद भइराख्छ, संघर्ष भइराख्छ, योस्वाभाविकै कुरा हो ।
० सिद्धान्त विचारको कुरा भएको भए तपार्इंले भनेजस्तो पनि हुन्थ्यो होला, तर अहिले तपाई पार्टीमा देखिएको विवाद त्यस्तो छ र ?
– मेरो पार्टीको मात्र कुरा होइन, अहिले नेपालका सबै पार्टीको भनेर बुझे पनि हुन्छ ।
० मैले तपाईंको पार्टीको कुरा गरेको ?
– मेरै पार्टीको कुरा भन्नुहुन्छ भने अहिले जे चलेको छ, विचारकै बहस चलेको छ। अबको बदलिएको देशको राजनीतिक परिस्थिति र समाजको अहिलेको अवस्थामापार्टी र आन्दोलनलाई कसरी लैजाने भन्ने नै मूल विषय हो, अन्तर्यमा गएरहेर्ने हो भने ।
० बाबुराम भट्टराईले नयाँ शक्तिको कुरा उठाउनुभएको छ, तपाईंहरू आफैं नयाँ शक्ति दाबी गर्दै हुनुहुन्छ ?
– उहाँले नयाँ शक्ति भनेर जसरी भनिरहनुभएको छ, त्यसको व्याख्या उहाँले नैगर्ने कुरा हो । मैले त्यसको व्यख्या गर्ने कुरा होइन । तर, हेटौंडाकोमहाधिवेशनबाट पारित गरेको कार्यदिशा भनौं वा वैचारिक लाइन भनाै‍, त्यसमाहाम्रो पार्टीमा अहिलेसम्म औपचारिक विवाद आएको छैन । नयाँ शक्ति भन्दाभन्दैपनि बाबुरामजीले पार्टीमा राख्नुभएको कुरा यही पार्टीलाई अझ सुदृढ, अझरूपान्तरण गर्ने हो भनेकाले त्यो पनि हामीभित्र विवादको विषय छैन ।
० विवाद चाहिँ के हो त ?
– विवाद के हो भने हामीले जनवादी क्रान्ति भन्दै आयौं ००६ सालदेखि । अहिलेहामीले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत अब जनवादी क्रान्तिका बाँकी कामपूरा गर्ने भनेका छांै । त्यसका निम्ति कस्तो पार्टी, कस्तो कार्यशैली, कस्तो कार्ययोजना हुनुपर्छ भन्ने बहस हो । अन्तर्यमा हेर्ने हो भनेरूपान्तरणको बहस हो ।
० यो त सैद्धान्तिक कुरा भयो, व्यवहारमा हेर्ने हो भने समानान्तरकमिटी बनाउने र  नेताहरूलाई निष्कासन गर्ने जस्ता काम भइरहेका छन् नि ?
– यी भनेका पार्टीको जीवनसँग सम्बन्धित सामान्य कुरा हुन् भन्ने म ठान्छु ।पार्टी जीवनमा त्यस्ता केही घटना भइराख्छन् । तैपनि अहिले हाम्रोपार्टीभित्र अलिक गम्भीर ढंगले जो देखा पर्न खोजेको छ, त्यसको समाधान पनिगम्भीर ढंगले गर्नुपर्छ भनेर नेतृत्व तहमा गम्भीर छलफल भइराखेको छ ।आजभोलि यसको समाधानको उपाय पनि निस्कन्छ । पार्टीलाई एकताबद्घ बनाएरलैजाने र नयाँ परिस्थितिको आवश्यकता अनुसार नयाँ ढंगको पार्टी बनाउनेकुरातिर नै हामी जान्छौं।

व्यक्तित्वको लडाइँजस्तो पनि देखिन्छ तपार्इंको पार्टीभित्र ?
– बाहिरबाट हेर्दा त्यो भन्न पनि सकिन्छ । मानिसहरूले त्यो भनेका पनि छन् ।तर, ३० वर्षदेखि बाबुरामजी र म नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्रीयभूमिकामा सँगसँगै छौं । ०४१ सालमा हाम्रो त्यसबेलाको पार्टी महाधिवेशनदेखिनै हामी बहसमा छौं । ३०–३१ वर्षको यो अवधिमा बाबुरामजी र मेराबीचमा बहस, छलफल र रूपान्तरण सबै अनुभव छन् । त्यसरी हेर्दा, व्यक्तित्वको टक्कर भन्नेकुरा सही होइन । हामी मिलेर धेरै ठूल्ठूला काम पनि गरेका छौं र हामीलेठूल्ठूला बहस र संघर्ष पनि गरेका छौं । त्यसकारण यो संघर्ष, एकता ररूपान्तरणको प्रक्रियाले नेपालको समग्र राजनीतिक आन्दोलन, कम्युनिस्टआन्दोलन, परिवर्तनको आन्दोलनलाई मद्दत नै गर्‍यो भन्ने हाम्रो निष्कर्ष छ ।
० तर तपाईंहरु दुई जनाबीच बारम्बार विवाद भइरहन्छ नि ?
– बाबुरामजी र मेरोबीचमा व्यक्तिगत रूपमा लिनुदिनु वा झगडा गर्नुपर्ने कुनैकारण नै छैन । त्यसकारण पार्टी आन्दोलन कसरी लैजाने भन्ने चिन्ताका साथहामी कहिले टकराव गरिराखेका हुन्छौं, कहिले मिलिराखेका हुन्छाै । अहिलेचाहिँ हामी अलिकति संघर्ष र बहसको स्थितिमा छौं ।
० पार्टीभित्र उहाँको समूहलाई तपार्इंले अलिक बढी पेल्नुभयो भन्ने छ नि ?
– पार्टीभित्र भिन्न मत राख्ने, संस्थापन समूह वा बहुमतभन्दा अर्को ठाउँमाहुने संसारभरिकाले भन्ने एउटा तर्क हो त्यो । त्यसकारण बाबुरामजीको पनित्यस्तै तर्क गरेको मात्रै हो । यथार्थ र व्यवहार भन्नुहुन्छ भने ममाथिअलिक बढी पेल्यो, अलिक अनुदार भयो भन्नुभन्दा पनि अलिक बढी उदार भयो, अलिकबढी भावुक भयो, अलिक बढी सम्झौता गर्‍यो भन्ने गुनासो छ । जतिबेला म एउटा समूहको महामन्त्री भएर आएँ, भर्खर ३५/३६ वर्षको थिएँ । त्यसपछि एकताकोसुरुआत भयो । मेरै नेतृत्वमा धेरै समूहको एकता गराएँ । त्यत्रो विशालपार्टी र आन्दोलन निर्माण भयो । यसकारण मेरो स्वभाव पेल्ने र निरंकुश भएकोभए नेपालको कम्युनिस्ट आन्दोलनमा एकता र धु्रवीकरणको यो प्रक्रिया मेरैअन्तर्गत र नेपालको राजनीतिमा यति ठूलो परिवर्तन मेरै नेतृत्वअन्तर्गत हुनअसम्भव हुन्थ्यो । त्यसकारण, त्यो तर्क पुष्टि हुँदैन ।
० महत्त्वपूर्ण कुरा गर्नुभयो, ३५ वर्षदेखि कम्युनिस्ट पार्टीकोनेतृत्वमा हुनुहुन्छ, ठूलो आन्दोलनको नेतृत्व पनि गर्नुभयो, उत्कर्षमा पनिपुग्नुभयो । पछिल्लो दिनको स्थिति हेर्दा अलिकति ओरालो लागे जस्तो लाग्दैन ?
– आन्दोलन, वर्ग संघर्ष, वैचारिक संघर्षमा जहिल्यै पनि उतार–चढावहरूहुन्छन् । कहिले उतारको बेला आउँछ, कहिले चढावको बेला आउँछ । यतिबेला मउतारतिर छु भन्ने मान्छु । जत्रो आन्दोलनको नेतृत्व जुन आकांक्षाका साथ गरियो, त्यसले ठूलो परिवर्तन पक्कै पनि ल्यायो । त्यसकारण पश्चात्ताप छैन ।जे गरियो ठीक गरियो, त्यहाँ गर्वबोध नै हुन्छ । तर, यति नै बेला हाम्रोपार्टी आन्दोलन चढावमा छैन उतारमा छ, त्यहाँ चिन्ता पनि छ ।
० यसमा के कारण होला ?
– यसलाई मैले दुईटा कोणबाट हेर्छु । एउटा, विश्वव्यापी समस्याको हामीले सामना गर्नुपरेको छ । माओवादीले मात्र होइन, एमालले पनि गर्नुपरेको छ, अर्को कुनै कम्युनिस्ट नामको पार्टीले पनि गर्नुपरेको छ । यसलाई विश्व वर्गसंघर्ष पनि भन्न सकिन्छ । त्यसमा जसरी साम्रज्यवादीहरू हावी भएका छन्, कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको अवस्था छ । त्यसको असरप्रत्येक देशको पार्टीमा परेको छ, हामी पनि अछुतो छैनांै । दोस्रो, आफ्नोविशिष्ट पक्ष पनि हुन्छ । देशको विशिष्ट, पार्टीको  विशिष्ट, नेतृत्वकोविशिष्ट भन्ने पनि हुन्छ । त्यसरी हेर्‍याै भने विगतमा हामीले केही कमजोरीगरेका छाै‌, त्यसको समीक्षा अहिले भइराखेको छ ।
० ०६२/६३ पछि वा त्यसभन्दा पहिले पनि तपाईं राजनीतिको केन्द्रमाहुनुहुन्थ्यो, अहिले किनारामा देखिनुहुन्छ । पहिले तपाईंले गरेका काममाअरूले प्रतिक्रिया दिन्थे, अहिले अरूका काममा तपार्इं प्रतिक्रिया दिनेतहमा हुनुहुन्छ ?
– त्यस्तो चाहिँ मलाई लागेको छैन । तपार्इंले भनेजस्तो मैले अनुभूत धेरैगरेको छैन । मैले अघि पनि भनें– हामी समीक्षाको प्रक्रियामा छौं । कहीँ नकहीँ त्रुटि चाहिँ भयो । त्यो एउटा पाटो भयो । तर, राष्ट्रिय राजनीतिकोकुरामा भन्नुहुन्छ भने अहिले पनि मैले त्यो अनुभूत गरेको छैन । बरु, तिनैएजेन्डा जो हिजो हामीले उठायाै, तिनकै वरिपरि नेपालको राष्ट्रिय राजनीति छ । नेतृत्वको हिसाबले अहिले पनि म आलोचना र समर्थन दुवैको केन्द्रमा छु ।त्यसकारण किनारा लागेको जस्तो महसुस गरेको छैन ।
० विचारधाराको मुद्दा आफ्नो ठाउँमा छन् तर तपाईं उठाएका एजेन्डाब्याक फायरभएका छन् । उदाहरणका लागिनागरिक सर्वोच्चता, विदेशी प्रभूकाकुरा उठाउनुभयो तर विस्तारै ब्याकहुनुभयो नि ?
– नागरिक सर्वोच्चताको कुरा उठाएकोमा वैचारिक–राजनीतिक ढंगले ब्याकहुनुपर्ने कुनै कुरा छैन । त्यो सही कुरा उठाइएको थियो । नेपालमा त्योसमस्या थियो, अहिले पनि छ । त्यो बहस र संघर्ष अझै अघि बढ्नुपर्छ । तत्कालनाफा–नोक्सानका हिसाबले हेर्ने हो भने पक्कै पनि त्यसले हाम्रो पार्टीलाईत्यति ‘पे’ गरेन । नोक्सान नै भयो, फाइदा गरेन । तर, विचार, आदर्श रपरिवर्तनको मुद्दाको हिसाबले हेर्ने हो भने ठीक कुरा उठाइएको थियो, त्यहाँपश्चात्ताप गर्नुपर्ने कुरा उठाइएको होइन ।
० म बाबुरामसँगको सम्बन्धकै बारे प्रश्न गर्न चाहन्छु, उहाँसगकोतपार्इंको सम्बन्ध अरू कतिपय शक्तिलाई सन्तुलनमा राख्नका लागि पनि बढीबाध्यकारी भएको हो ?
– त्यस्तो म ठान्दिनँ । अरू कसैलाई सन्तुलनमा राख्न बहस, एकता र संघर्ष हुनुपर्ने कारण नै छैन ।
० विगतमा बाबुराममाथिको कारबाही कसैको दबाबमा फिर्ता भएको भनिन्छ । धोबीघाट गठबन्धन तपाईंलाई क्रसगरेर भयो । उहाँ प्रधानमन्त्री हुँदा पनि तपाईंको इच्छाभन्दा अरू कसैको इच्छाले काम गर्‍यो ।
– तपार्इंले धेरै गम्भीर प्रश्न सोध्नुभयो तर मलाई त्यस्तो लाग्दैन ।
० अथवा भन्न चाहनुहुन्न ?
– होइन भन्छु म । मलाई भन्न त्यस्तो अप्ठेरो हुँदैन । तपार्इंले जतिबेला कारबाही र पुन:स्थापना भयो भन्नुभयो नि, पार्टीको आन्तरिक विधि–प्रक्रियाकोदृष्टिकोणले हामीले कारबाही गर्‍यौं । कारबाहीको भोलिपल्ट माघ १९ थियो ।भोलिपल्टै ज्ञानेन्द्रले शासन हातमा लिएर निरंकुशता लादे । राष्ट्रियराजनीतिक परिस्थिति, वर्ग संघर्ष, आन्दोलन यसरी नयाँ बन्यो कि अबकांग्रेस–एमालेसँग पनि एकता गर्नुपर्ने आवश्यकता बन्यो भने पार्टीभित्र पनिसाथीहरूसँग एकता गरेर राजतन्त्रलाई ढाल्नुपर्छ भन्ने आवश्यकता बोधनेतृत्वले गर्‍यो । बाबुरामजीले पनि त्यस्तै बोध गर्नुभयो । त्यो कसैकोदबाबले होइन । दबाब भन्ने हो भने नेपालको बदलिँदो राष्ट्रिय राजनीतिपरिस्थितिको आवश्यकताको दबाब हो । राष्ट्र्रमा निरंकुशताका विरुद्घ सबैशक्ति मिल्नुपर्छ भन्ने मान्यता बनाइएको हुनाले बाबुरामजीसँग मिल्ने कुरासहज भयो । नेपाली कांग्रेससँग मिल्न गइयो । एमालेका वामदेव गौतम र युवराजज्ञवालीलाई रोल्पा बोलाएर ‘ल अब हामी मिल्नुपर्छ’ भनियो । मैलेप्रधानमन्त्री छाड्ने कुरा पनि आफैंले गरेको कमजोरी हो । कटवाललाई चेतावनीदिएर छाडिदिएको भए पनि हुन्थ्यो, तीन महिनापछि त रिटायर्ड ह—ँुदै थिए ।
० त्यसबेला के तत्त्वले काम गरेको थियो ?
– पार्टीभित्रको आन्तरिक संघर्षले काम गरेको थियो । पार्टीभित्र चर्कोअन्तरसंघर्ष चलिराखेको थियो । परम्परागत ढंगले हेर्ने प्रवृत्ति त्यहाँगम्भीर ढंगले थियो । अर्को चाहिँ नागरिक सर्वोच्चता र यो विषयलाई राष्ट्रियराजनीतिमा स्थापित नै गर्नुपर्छ, अनावश्यक सम्झौता भयो भने बाहिर जनतामाठूलो भ्रम हुन्छ भन्ने हामीलाई लागेको थियो । त्यो भएको हुनाले पद बरु ठूलोकुरा होइन, हामीले हाम्रो आदर्शलाई स्थापित गरिछाड्नुपर्छ भन्ने लागेकोथियो । कुनै पनि प्रभूका अगाडि हामी झुक्ने दिन गए भनेर गरियो । अरू बाहिरीकुरा हल्ला मात्र हो ।
० आफू मातहतको एउटा कर्मचारीलाई कारबाही गर्न सक्नुभएन, त्यसको दोष चाहिँ विदेशीलाई दिनुभयो ?
– विदेशीलाई गयो भनेर त्यसरी पनि नभनौं ।
विदेशी प्रभूको आविष्कार त्यही बिन्दुबाट भएको हो नि ?
– त्यहाँभन्दा धेरै पहिलेबाट नै हामीले भन्ने गरेका हाै । नेपालीराजनीतिमा, नेपालको वामपन्थी आन्दोलनमा, नेपालको देशभक्ति आन्दोलनमा योकुरा नयाँ हो भन्ने मलाई लाग्दैन । कुनैबेला कसैले मुखरित गर्छ, कुनैबेलाकसैले मुखरित गर्छ भन्ने मात्र हो । अहिल्यै पनि त्यो प्रवृत्तिदेखापरिराखेकै छ । नेपालको प्राकृतिक साधन–स्रोतको सदुपयोग कसरी गर्नेभन्नेमा एउटा सोच छ । ‘जसरी विदेशीले चाहन्छन् त्यसरी गरौं’ भन्ने एउटा रअर्को ‘जसरी नेपालको हित हुन्छ त्यसरी गरौं’ भन्ने दुईटा धार नेपालमा छँदैछ।
० अघि तपाईं आफंैले पनि भन्नुभयो, तपाईंमा दुईटा प्रवृत्ति देखिन्छ। एउटा, असाध्य रिसाउनुहुन्छ भने अर्को खुसी हुनुभयो भने पनि असाध्यै खुसीहुनुहुन्छ । भारतलाई गाली गर्दा पनि असाध्यै गाली गर्नुहुन्छ, अस्ति मोदीभ्रमणको प्रशंसा पनि असाध्यै गर्नुभयो ।
– भित्र एउटा, बाहिर अर्को गर्ने नेताहरूको एउटा प्रवृत्ति छ भने भित्र जेछ, बाहिर त्यही आउने नेताहरूको अर्को प्रवृत्ति छ । कुन चाहिँ राम्रोलाग्छ, त्यो तपाईंले छुट्याउने कुरा हो । खुसी भएँ भने तुरुन्तै मेरोअनुहार, शरीर र अभिव्यक्तिमा खुसी नै व्यक्त हुन्छ । खुसी लागेन भने मेरोअनुहार र अभिव्यक्तिमा त्यही नै व्यक्त भइहाल्छ । यसलाई तपार्इं सकारात्मकठान्नुहुन्छ, सकारात्मक हो । नकारात्मक ठान्नुहुन्छ, नकरात्मक हो । तर, मेरो दृष्टिमा प्रचण्ड भनेकै त्यही हो । म त्यस्तै नभएको भए, मैले नेपालकोकम्युनिस्ट आन्दोलनमा भएको एक ढंगको धुव्रीकरणलाई अर्को ठाउँमा लानसक्तिनथें । मैले जनयुद्धमा पुर्‍याउन पनि सक्दिनथें । शान्ति प्रक्रियापनि हुन्थेन ।
० प्रश्न तपाईंमाथि पनि छ, अदृश्य भेटघाट, अदृश्य लगानीका कुरामा नाम त जोडिएर आउँछ नि ?
– लगानीको कुरा त पूर्ण झुठाे र वाहियात कुरा हो । यसको कहीँ तथ्य कसैले प्रमाणित गरिदियो भने म त्यसलाई धन्य भन्छु । भेटघाट चाहिँ मान्छेले गर्छ । कुनै पनि राजनीतिक नेतृत्वले सबैसँग भेटघाट गर्छ । यहाँ भेटघाट नगर्ने को छ ? भेटघाट गरेको कुरालाई गोप्य राख्ने, लुकाउने एउटा प्रवृत्ति छ । मैले भेटेको हो ।
० बाहिर गएर पनि भेट्नुभयो, सिंगापुर, बैंकक, दिल्ली… ?
– बाहिर त गइन्छ त  मान्छेसँग भेट्न त गइन्छ । बाहिर कि त घुम्न गइन्छ । नेताहरू गए भने अरू चाहिँ भेटघाट नगरी फर्केका छन् भन्ने तपार्इंलाई लागेको छ ? त्यो ठान्नुभयो भने सही होइन ।
० नेपालमै चाहिँ किन हाउगुजी भएको त यो ?
– नेपालमा अलिक बढी अनावश्यक बन्यो भन्ने पनि लाग्छ । सञ्चारमाध्यमहरूलेहाम्रो राष्ट्रको हित र आवश्यकता अनुसार भयो कि भएन भनेर हेर्नुभन्दामान्छेका व्यक्तिगत टीका–टिप्पणी गर्ने, नकारात्मक सोच बनाउने प्रवृत्तिबढी भयो । यो प्रवृत्तिले नेपाललाई कहीँ पुर्‍याउँदैन । नेपाललाई केहीगर्छु भनेर तीसौं वर्षदेखि लागेका नेताहरूमा आवश्यकताभन्दा बढी शंका गरियोभने त्यसले देशको हित गर्दैन । उनीहरु त्यति तल हुँदैनन् । ती त जनता रकार्यकर्ताले  नै बनाएका नेता हुन् नि  उनीहरूलाई के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने त मूलभूत रूपमा थाहा छ नि  एउटा स्तरको विश्वास र सम्माननहुने हो भने कोही नेताले कुनै पनि देशमा केही गर्दैैन ।
० अब अलिकति संविधानका बारेमा कुरा गरौं, माघ ८ भित्र बन्छ त संविधान ?
– संविधान बन्छ र बन्नुपर्छ । संविधान बन्ने आधार भनेको हामीसँग विवादकाविषय अब धेरै छैनन् । पहिलो संविधानसभाले जे भए पनि धेरै काम गरेकै हो ।
० बुँदागत रूपमा भन्नुपर्दा संघीयताको विषयमा पहिलेभन्दा केही सम्झौतामा आउनुभएको हो तपाईंहरू ?
– संघीयताको विषय भनेको एउटा परिवर्तनको एजेन्डालाई संस्थागत गर्ने विषय हो। यो नेपाली समाजमा रहेको विभेद र असमानताहरूको अन्त्य गर्ने विषय हो, सामान्तवाद–साम्राज्यवादविरुद्धको आन्दोलनको एउटा चरण पार गर्ने विषय पनिहो । पुँजीवादी क्रान्तिको एउटा अंगको विषय पनि हो । त्यसलाई पूर्णता दिनेविषय पनि हो । त्यसरी हेर्दा यो विषय सैद्धान्तिक रूपले स्थापित भएकै छ ।त्यसमा कसैले संघीयता हुनु हुँदैन भनेकै छैन ।
० होइन संख्या र स्वरुपका विषयमा भनेको ?
–यसमा पनि सम्झौताको अर्को विकल्प म देख्दिनँ । यसमा सहमति हुँदै हुँदैन, यसमा सहमति खोज्नु भनेको असम्भव कुरालाई सम्भव बनाउन खोज्नु हो । त्यहाँआधारभूत रूपमा दुईवटा फरक सोच छन्, त्यहाँ हुने सम्झौता हो । हामीलेअहिलेको देश र जनताको आवश्यकतालाई हेरेर सम्झौता खोज्ने हो । प्रदेशकोसंख्यामा सम्झौता खोज्ने, नाममा सम्झौता खोजेर ‘विन–विन’ बनाउने हो ।सम्झौता सम्भव छ, सम्झौताको बिन्दु खोज्नुपर्छ । ‘मेरो गोरुको बाह्रैटक्का’ भनेर कसैले भन्यो भने अहिले पनि पुरानै समस्या दोहोरिने खतरा छ ।
० भारतीय प्रधानमन्त्रीले संसद्मा भाषण गर्दा पनि हिमाल, पहाड, तराईको कुरा गर्नुभएको छ । यसको पनि केही सन्देश होला । त्यस आधारमा पनितपाईंहरूलाई सहज होला नि ?
– यो विषय भारतको प्रधानमन्त्रीले भनेको हुनाले सहज हुने म देख्दिनँ ।उहाँले हिमाल, पहाड, तराई भन्दाखेरि प्रदेशहरू बनाउ भन्ने अर्थ पनि लाग्दैन। उहाँले अरू पार्टीहरूसँग कुरा गर्दा पनि प्रदेशहरूको बारेमा मेरो त्योहोइन भनेर प्रस्ट पारेको स्थिति पनि छ । यो विषयको सम्झौता सहमति हामीनेपालीहरूले नै खोज्नुपर्छ । यसको निष्कर्ष निकालेर टुंगोमा पुर्‍याईसंविधान लेख्ने काम हामी नेपालीहरूकै हो । हाम्रै बुद्धि लाउनुपर्छ । सबैलेआफ्नो अडानबाट अलिकति लचिलोपन देखाउनैपर्छ ।
० राष्ट्रपतिको सन्दर्भमा पनि प्रचण्डले आफूलाई केन्द्रबिन्दुमाराखेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी हुने कुरा गरेको हो, अबयसमा पनि सम्झौता हुन्छभनिन्छ नि ?
– मानिसहरूले पहिला त्यसरी नै भने । तर, त्यस्तो थिएन ।
० तर, भित्तामा त लेखिएको थियो नि तपाईंको नाम ?
– हामीले गणतन्त्रको ग्यारेन्टी गर्नका लागि राष्ट्रपति भनेका थियौं । त्योपार्टीको तात्कालिक निर्णय हो, त्यसले फाइदै गर्‍यो भन्ने लाग्छ हामीलाई ।गणतन्त्र घोषणा गराउन त्यसले माहोला बनायो नै । मेरो व्यक्तिगत कुरासँगत्यो त्यति धेरै सम्बन्धित हुँदै होइन । नेपालको राजनीतिक अस्थिरताको ६०/६५वर्षको इतिहासको एउटा निष्कर्ष हो– प्रत्यक्ष निर्वाचित कार्यकारीराष्ट्रपति । त्यसो भयो भने कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता आउँछ ।एउटा नेतृत्वले पाँच वर्षमा आफूले चाहेअनुसार देशलाई दिशा दिनसक्छ । राम्रोगरे अर्को पाँच वर्ष त्यसले पाउँछ, नराम्रो गरे जान्छ । त्यसैले ६५ वर्षकोइतिहासले देखाएको अस्थिरताको आवश्यकता हो यो । एमालेले भनेको प्रत्यक्षनिर्वाचित प्रधानमन्त्री होस् वा हामीले भनेको प्रत्यक्ष निर्वाचितराष्ट्रपति, त्यसभित्रको भाव एउटै हो । गत वर्ष यसमा पनि हामी एउटा ‘फर्मुला’ बनाएर सम्झौताको प्रयास गरेकै हौं । अहिले पनि यसमा सम्झौता नगरीहुँदै हुँदैन ।
० भनेपछि माघ ८ मा संविधान आउने कुरामा बढी आशावादी हुन सकिन्छ ?
– पक्कै । अहिले ढिलो गर्नुहुँदैन, टुंग्याइहाल्नुपर्छ ।

(बुधबार साप्ताहिकबाट । प्रस्तुति: विष्णु रिजाल/उज्जवल पहाडी)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us