काठमाण्डु, २९ साउन– प्रहरी कारबाहीबाट दिनेश अधिकारी ‘चरी’ को मृत्यु भएपछि उत्पन्न समस्या समाधान गर्न एमालेले गृहमन्त्री वामदेव गौतम र केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको एमाले पदाधिकारी बैठकले चरीको विषयमा देखिएको समस्याको उपयुक्त समाधान निकाल्न गौतम र पाण्डेलाई जिम्मेवारी दिएको हो ।
बैठकमा आमन्त्रण गरिएका पाण्डेले सुरुमा सहरमा अधिकारीलाई पक्राउ गरी हत्या गरिएको भन्दै संसदीय छानविनको मागलाई पार्टीले अघि बढाएर जानुपर्ने धारणा राखेका थिए ।
नागरिक दैनिकबाट