यी हुन् चरीपछि प्रहरीले खोजेका डन

काठमाण्डु टुडे २०७१ साउन २९ गते २:०७ मा प्रकाशित

काठमाण्डु, २० साउन– दिनेश अधिकारी चरीको इन्काउन्टरपछि प्रहरीले अन्य गुन्डागर्दीका नाइकेको निगरानी थालेको छ ।
विभिन्न मुद्दामा सजाय काटेर बसेपनि उनीहरुले व्यापारीलाई धम्क्याएर पैसा उठाइरहेको सूचना पाएपछि सबैलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
हाल गुण्डागर्दीका दुई नाइके थुनामा छन् भने करिब आधा दर्जन विभिन्न मुद्दामा फरार छन् । पछिल्लो समय गुण्डागर्दीको अप्रेशन गरेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । उनले गुण्डागर्दीको जालो भत्काएर उपत्यकालाई गुन्डागर्दी मुक्त बनाउने पनि बताए ।
स्रोतका अनुसार गृह मन्त्रालयले पनि गुण्डागर्दी अप्रेशनलाइ सहयोग गरेपछि प्रहरी उत्साहित भएर यो अभियानमा लागेको हो । प्रहरी स्रोतका अनुसार पछिल्लो समय गुण्डागर्दीमा संलग्न दावा लामा, पञ्चे लामा, टासी लामा, दुर्गे राई र समीर केसीलगायतका फरार छन् ।

नाम चलेका अन्य डनले गोप्य रुपमा व्यवसायीसँग पैसा लिने गरेको सूचना प्रहरीले पाएको छ । राजधानीमा नाम चलेका गुन्डाका नाइकेहरु दीपक मनाङगे, गणेश लामा, मिलन चक्रे, राजु गोर्खाली, कुमार घैटे, तेजेन्द्र गुरुङ, मीनकृष्ण महर्जन, बाघे लामा, माइला लामा, बलराम सापकोटा, अभिमानसिंह बस्नेतविरुद्ध प्रहरीमा जाहेरी नभएकाले पक्राउ गरिएको छैन । चरीको इन्काउन्टरपछि उनीहरु सबै डराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us