प्रचण्डसँग एकता सम्भव छैन: वैद्य

काठमाण्डु टुडे २०७१ साउन २८ गते १४:०४ मा प्रकाशित

सुनसरी, २८ साउन– नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग तत्काल एकता सम्भव नरहेको बताएका mohan baidhyaछन् ।
पार्टीको कोचिला राज्य समितिअन्तर्गतका सुनसरी, मोरङ र झापाका कार्यकर्ता प्रशिक्षणमा वैद्यले एमाओवादीसँग तत्कालका लागि एकता टरेको बताए । एमाओवादी जनवादी क्रान्तिको बाटोमा फर्किए मात्र एकता सम्भव रहेको उनको भनाइ थियो ।

‘एकीकृत माओवादीसँग तत्काल एकता सम्भव छैन’, वैद्यले भने, ‘उनीहरुले जनवादी क्रान्तिको बाटो छोडिसकेका छन्, फेरि जनवादी क्रान्तिको बाटोमा आए मात्र एकता हुनसक्छ ।’

वैद्यले संविधानसभाबाट जनअपेक्षाअनुसार संविधान बन्ने सम्भावना नरहेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिए । जनविश्वास गुमाइसकेका दलहरुले संविधान दिने कुनै आशा नरहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us