हल नै नभएको होटलमा कार्यक्रमको हल भाडा तिरेको बिल पेश गर्नेविरुद्ध मुद्धा

काठमाण्डु टुडे २०७१ साउन २८ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग टेकुअन्तर्गतको पुनर्जागरण महाशाखाका पूर्वनिर्देशक bishesh adalatडा.बालकृष्ण सुवेदी र डा. आनन्दकुमार श्रेष्ठसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फर्जी बिल पेश गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बुधबार विशेषमा मुद्धा दायर गरिएको हो । सुवेदी र श्रेष्ठसँगै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिस्ट भरतमणि मरहट्ठा, जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे, सिनियर अहेब रामशरण अधिकारी र खरीदार कविराज सुवेदीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा हल नै नभएको होटेलमा हल भाडाको बिल पेश गरेको, सामानै नकिनी स्टेशनरीको बिल पेश गरेको, कार्यालयमै हाजिर गरेर भ्रमण आदेशमा नाममा भत्ता खाएको लगायत अनियमितता पुष्टि भएको दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us