काठमाण्डु, २८ साउन– एकीकृत माओवादी सभासद् रामनारायण बिडारीले नेपालका न्यायाधीशहरु चरम भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।

बिनियोजन विधेयकअन्तर्गत शान्ति मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव सम्बन्धमा बुधबार संसद–बैठकमा बोल्दै उनले न्यायाधीशहरु घूसैघूसले पुरिएको आरोप लगाए ।
उनले हिजो राजाका आडमा भ्रष्टाचार गर्ने न्यायाधीशहरुले अहिले दलहरुको आडमा भ्रष्टाचार गरिरहेको टिप्पणी गरे । ‘हिजो राजाका आडमा हुन्थ्यो, आज दलहरुको आडमा भ्रष्टाचार भइरहेको छ’, वरिष्ठ अधिवक्तासमेत रहेका उनले भने, न्यायाधीशहरु घूसैघूसको थुप्रोले पुरिएका छन् ।’
बिडारीले न्याय क्षेत्रमा ‘पैसा कतापट्टि न्याय त्यतै पट्टि’ भन्ने भनाइ प्रचलित रहेको भन्दै ब्यग्यसमेत गरे ।