वैद्य माओवादीले रत्नपार्कमा मोदीको विरोध नगर्ने

काठमाण्डु टुडे २०७१ साउन १८ गते ७:४६ मा प्रकाशित

काठमाण्डु, १८ साउन– मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको mohan-baidyaविरोधमा काठमाण्डुमा गर्ने भनिएको प्रदर्शन नगर्ने भएको छ ।
मोदी भ्रमणका क्रममा नेपाल र भारतबीच हुने भनिएको उर्जा सम्झौता नहुने भएपछि विरोध नगर्ने सो पार्टीले जनाएको छ ।

अध्यक्ष वैद्यले आइतबार एक विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा सरकारले भारतसँग कुनै पनि सम्झौता नगर्ने खबरहरु सार्वजनिक भएकाले आफ्ना विरोधका कार्यक्रमहरु फिर्ता लिएको बताएका छन् ।

विज्ञप्तिमा वैद्यले सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौता गर्दा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ । नेकपा माओवादीले भारतसंग गर्ने भनिएको विद्युत व्यापार संझौताको बिरोध गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us