मोदी आएलगत्तै नेपालमा भूकम्पको धक्का

काठमाण्डु टुडे २०७१ साउन १८ गते ६:०२ मा प्रकाशित

काठमाण्डु, १८ साउन– राजधानी काठमाण्डुसहित नेपालका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ११ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । करिब १५ सेकेण्डसम्म भूकम्प गएको थियो ।
काठमाण्डुबाट २ सय किलोमिटर उत्तर चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

केन्द्रका भुगर्भविद रमेश पाण्डेले सिन्धुपाल्चोक र रसुवामा सबैभन्दा धेरै धक्का महसुस गरिएको बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको केहीबेरमै भूकम्पको धक्का महसुस गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us