काठमाण्डु आइपुगे मोदी

काठमाण्डु टुडे २०७१ साउन १८ गते ३:५५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने औपचारिक नेपाल भ्रमणका सिलसिलामा काठमाण्डु आइपुगेका छन् ।
modi 1

मोदी भारतीय सेनाको विशेष विमानमार्फत बिहान १० बजेर ५० मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुगेका थिए । उनको सम्मानमा नेपाली सेनाको टोलीले १९ तोपको सलामी दिइएको छ ।

विमानस्थलबाट मोदी सीधै आफना लागि बस्ने व्यवस्था मिलाइएको बौद्धस्थित होटल हायात पुगेका छन् । १७ वर्षपछि नेपाल भ्रमणमा आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

नेपाल बसाइका क्रममा मोदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग छुट्टाछुट्टै भेट्ने छन् । मोदीको टोलीमा ७० जना सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us